कृषिप्रधान देश नेपालका लागि सिँचाइको आवश्यकता र महत्वमाथि प्रकाश पार्नुहोस् ।

‘कृषि उत्पादनका लागि सिँचाइ’
कुल जनसंख्याको दुईतिहाइभन्दा बढी जनता कृषिमा आश्रित भएको नेपाल एक कृषिप्रधान देश हो । कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान पु-याएको कृषि क्षेत्रको आधुनिकीकरण र विकासविना मुलुकको समृद्धि सम्भव छैन । नेपालमा कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन सिँचाइको विशिष्ट महत्व रहेको छ । यद्यपि, खेतीयोग्य जमिनको एकचौथाइ भागमा सिँचाइ सुविधा पुग्न नसकेको तितो यथार्थ हाम्रो सामु छ । 
- सिँचाइको आवश्यकता र महत्व
- कृषिको उत्पादन र उत्पादकत्व बढाउन,
- कृषकलाई सिँचाइ सुविधाको प्रत्याभूति दिलाउन,
- बाँझो जमिनलाई खेतीयोग्य बनाउन,
- कृषि उपजको उत्पादन वृद्धि गरी कृषकको जीवनस्तर सुधार गर्न,
- आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न,
- निर्यात व्यापार प्रवद्र्धन गर्न,
- आयात प्रतिस्थापन गर्न,
- युवावर्गलाई कृषि क्षेत्रमा आकर्षित गर्न,
- बढ्दो जनसंख्याका लागि आवश्यक खाद्यान्न उत्पादन गर्न,
- मुलुकको आर्थिक वृद्धि र विकास गर्न,
- खाद्यान्नमा आत्मनिर्भर बन्न,
- भोकमरीको समस्या अन्त्य गर्न,
- प्रचुर जलसम्पदाको अधिकतम उपयोग गर्न,
- मौषमी खेती प्रणालीको साटो वैज्ञानिक खेती प्रणाली विकास गर्न,
- जमिनको बहुआयामिक उपयोग गर्न,
- कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउन,
- समग्र कृषकको जीवनस्तर सुधार गरी गरिबी न्यूनीकरण गर्न,
अन्त्यमा, कृषि क्षेत्रमा अथाह सम्भावना बोकेको मुलुक भए पनि उपयुक्त सिँचाइको अभावले नेपालमा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । तसर्थ, सरकारले कृषकलाई सिँचाइ सुविधाको प्रत्याभूति दिँदै कृषि क्षेत्रको विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो ।
...

नेपालको राजनीतिक वा प्रशासनिक विभाजन गर्नुपर्नाका कारणबारे चर्चा गर्नुहोस् ।

‘विविधतामा एकता नेपालको विशेषता’
शासन प्रक्रियालाई व्यवस्थित गर्न र राज्यको उपस्थिति देखाउन मुलुकको आन्तरिक सिमानामा गरिएको विभाजनलाई राजनीतिक वा प्रशासनिक विभाजन भनिन्छ । विषय, थुम, अञ्चल, विकासक्षेत्र हुँदै हाल नेपाललाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय निकायमा विभाजन गरिएको छ । राजनीतिक वा प्रशासनिक आधारमा विभाजन गर्दा जनसंख्या, भौगोलिक बनावट, स्रोत र साधनको अवस्था लगायतका कुरालाई मुख्य आधार बनाइएको हुन्छ ।
- नेपाललाई राजनीतिक आधारमा विभाजन गर्नुका कारण
- प्रशासनिक व्यवस्थालाई सरल बनाउन,
- सरकारी निकायको सन्तुलित उपस्थिति देखाउन,
- स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्न,
- उपलब्ध स्रोतको समानुपातिक वितरण गर्न,
- विकेन्द्रित शासन पद्धति अवलम्बन गर्न,
- सेवा प्रवाहलाई सरल बनाउन,
- नागरिकलाई नजिकको निकायबाट सेवा दिन,
- नागरिकका गुनासा र सुझाबको सुनुवाइ गर्न,
- सबैमा सरकारी लाभको अनुभूति गराउन,
- नागरिकको घर–घरमा सरकारको उपस्थिति रहेको आभास गराउन,
- प्रशासनिक गतिविधिलाई स्थानीय स्तरबाट सञ्चालन गर्न,
- देशको सन्तुलित एवं समानुपातिक विकास गर्न,
- विकास निर्माणमा सरोकारवालाको सहभागिता बढाउन,
- स्थानीय स्तरको पहिचान अभिवृद्धि गर्न,
- स्थानीय स्तरमा नेतृत्व विकास गर्न,
- शासनको वैधता कायम गर्न,
- विविधता व्यवस्थापनलाई प्रभावकारी बनाउन,
- ऐतिहासिक निरन्तरताका लागि,
- समग्र देशलाई आर्थिक विकासको गतिमा अगाडि बढाउन,
राष्ट्र र राष्ट्रियताको भावना बलियो बनाउन । अतः नेपाललाई विभिन्न समयमा गरिएका राजनीतिक तथा प्रशासनिक विभाजनको मुख्य ध्येय भनेको समग्र मुलुकको पहिचान प्रवद्र्धन र विकास हो । सीमा फेरिए पनि सोच नफेरिएका कारण राजनीतिक विभाजनले अपेक्षित उद्देश्य हासिल नगरेकाले यसमा सुधार गर्नु आजको आवश्यकता हो । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०