सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? नेपालमा सार्वजनिक उत्तरदायित्व कमजोर हुनुमा के–कस्ता कारणहरू जिम्मेवार ठान्नुहुन्छ ? विश्लेषण गर्नुहोस् । (५+५) = १०

-सेवकले कामका सम्बन्धमा मालिकलाई जवाफ दिने दायित्व उत्तरदायित्व हो ।
 -सार्वजनिक स्रोत र अधिकारको प्रयोग गर्ने सार्वजनिक पदाधिकारीले कर्तव्य, निर्णय, र अख्तियारीको पालना गर्दा निर्वाह गर्नुपर्ने दायित्व नै सार्वजनिक उत्तरदायित्व हो ।
- सार्वजनिक पदाधिकारीले आफूले गरेको कामबारे आमजनतालाई जवाफ दिनुपर्ने प्रणालीलाई उत्तरदायित्व भनिन्छ ।
- प्राचीन समयमा शासन प्रणालीमा नागरिकले आफैँ भाग लिन्थे । पछि जनताको साटो जनताका प्रतिनिधि वा कर्मचारीले शासन सञ्चालन वा सेवा वितरण सुुरु गरे तिनै प्रतिनिधिले जनतालाई जवाफ दिनुपर्ने दायित्व नै उत्तरदायित्व हो ।
- रबिन्सनका अनुसार उत्तरदायित्व शासितले शासकमाथि नियन्त्रण कायम गर्ने माध्यम हो ।
 -राज्य र नागरिकबीचको सम्बन्धको नवीकरण उत्तरदायित्वका माध्यमबाट हुन्छ ।
 -कुनै काम किन गर्नुपरेको हो, त्यो काम कसरी गरियो, र कस्तो परिणाम प्राप्त भएको छ भन्ने कुराको व्याख्या गर्नुपर्ने जिम्मेवारीलाई उत्तरदायित्व भनिन्छ ।
- जनताको सन्तुष्टि नाप्ने र सार्वजनिक पदाधिकारीलाई जिम्मेवार बनाउने कसी सार्वजनिक उत्तरदायित्व हो ।
- सार्वजनिक पदाधिकारीलाई जनताप्रति उत्तरदायी बनाउने माध्यम सार्वजनिक उत्तरदायित्व हो ।
- नेपालको संविधानको प्रस्तावना एवं धारा ५१ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनमा सार्वजनिक पदाधिकारी नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ।
- यद्यपि, कमजोर नागरिक चेतना र जवाफदेहिताको कमीले सार्वजनिक उत्तरदायित्व व्यवहारमा भने कमजोर साबित भएको छ । 
 -जसको जिम्मेवारी उसैले जवाफ दिनुपर्ने व्यवस्था हो सार्वजनिक उत्तरदायित्व ।
उत्तरदायित्व कमजोर हुनुका कारण
 -संविधान कार्यान्वयन र संघीयतामा जोड नदिई दलीय स्वार्थ हावी हुनु,
- सुशासन ऐन र सूचनाको हकमा भएका राम्रा व्यवस्था पालना नहुनु,
 -जवाफदेहिता पन्छाउने प्रवृत्ति रहनु,
- जिम्मेवारी बोध नगर्ने प्रवृत्ति हावी हुनु, 
- प्रतिवेदन औपचारिकतामा सीमित रहनु,
- कार्य विवरण स्पष्ट नहुँदा काम पन्छाउने प्रवृत्ति रहनु
- गोपनीयताको शपथका कारण सूचना संस्कृतिमा ह्रास आउनु,
- कर्मचारीमा आफूलाई Principle ठान्ने प्रवृत्ति कायम रहनु,
- जवाफ माग्ने, जवाफ दिने, जवाफ नदिई नहुने र जवाफ दिन लगाउने कानुनी र पेसागत संस्कारको अभाव हुनु,
- जवाफदेहिताका स्पष्ट र मापनयोग्य मापदण्ड नहुनु,
- अन्तरनिकाय समन्वय प्रभावकारी नहुनु,
- योजना तर्जुमा, कार्यान्वयन र Audit फरक/फरक व्यक्तिले गर्दा जवाफदेहिता खस्कनु,
- कमजोर नागरिक चेतनाका कारण जवाफ माग्ने संस्कृति नहुनु,
 -जवाफदेहिताका सूचक र मापदण्ड नहुनु
- सार्वजनिक प्रशासन :MIS र Automation मा जान नसक्नु
 -राजनीतिक दलहरू लोकतान्त्रिक नहुनु,  प्रजातान्त्रिक संस्कारको अभाव हुनु,
- देशभन्दा दल, दलभन्दा गुट र गुटभन्दा व्यक्तिमाथि रहनु
 -Help desk  र नागरिक बडापत्र प्रभावकारी नहुनु,
- खोजपत्रकारिताको अभाव,
- गैरउत्तरदायी क्रियाकलापप्रति समाजले खबरदारी नगर्नु,
- सूचकमा आधारित अनुगमन मूल्यांकन नहुनु ।
अन्त्यमा,
शासितले शासकमाथि नियन्त्रण कायम गर्ने माध्यमको रूपमा मानिने सार्वजनिक उत्तरदायित्वले सेवा प्रवाहमा प्रभावकारिता र सुशासन कायम गर्न बल पु-याउँछ । शासनका सर्वोच्च मालिक जनतालाई राजनीतिक नेतृत्व र प्रशासन दुवैले चित्त बुझ्दो जवाफ दिने र जनको मन जित्ने वातावरण कायम गर्नु आजको आवश्यकता हो । त्यसका लागि समयसापेक्ष नीति, असल आचरण, सदाचारिता र नागरिक खबरदारीको खाँचो देखिन्छ । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०