उद्योग क्षेत्रको विकासका लागि चालू योजनाका प्राथमिकता के–के हुन् ?

पाँच योजना विकासको दर्पण हो । निश्चित समयमा सम्पन्न गर्नका लागि निर्धारण गरिएका लक्ष्य तथा उद्देश्यको समग्र स्वरूप नै योजना हो । अर्थतन्त्रको मेरुदन्ड मानिएको उद्योग क्षेत्रले पन्ध्रौँ  योजनासम्म आइपुग्दा राष्ट्रिय रोजगारीमा  ८.१ प्रतिशत योगदान पुर्‍याएको छ । 
-उद्योग क्षेत्रको विकासका लागि पन्ध्रौँ योजनाका प्राथमिकताहरू
-औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत, कानुनी र संस्थागत सुधार गर्ने,
-लगानीमैत्री वातावरण तयार गर्न प्रविधि प्रयोग, एकद्वार प्रणालीको विकास र औद्योगिक विकास गर्ने,
-उद्योग  क्षेत्रलाई अन्य उत्पादनमूलक क्षेत्रको अन्तरसम्बन्धको आधारका रूपमा विकास र विस्तार गर्ने,
-खानी तथा खनिजजन्य उद्योगको लागत प्रभावी र तुलनात्मक लाभका आधारमा विकास गर्ने,
-प्रतिस्पर्धी क्षमता भएका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा सार्वजनिक, निजी सहकारी र साझेदारीमा लगानी परिचालन गर्दै आयात प्रतिस्थापनमा जोड दिने,
-उद्योग धन्दाको विकास र विस्तारका लागि क्षमता विकास, वित्तीय पँहुच र प्रवद्र्धनात्मक उपाय अवलम्बन गर्ने,
-उद्योग क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारीमा जोड दिने र निजी क्षेत्रसँग भएको पुँजीलाई औद्योगिक क्षेत्रमा आकर्षित गर्ने,
-लगानीका लागि सहज वातावरणको निर्माण गर्ने र स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्ने,
-नेपाललाई आकर्षक लगानीस्थलका रूपमा विकास गर्ने र वैदेशिक लगानीलाई भित्र्याइ आर्थिक लाभ हासिल गर्ने,
-अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिने र तुलनात्मक लाभका वस्तुको पहिचान गरी सोही वस्तुको उत्पादनमा जोड दिने, 
अन्त्यमा,
मुलुकको आर्थिक विकासको कोसेढुंगाका रूपमा रहेको औद्योगिक क्षेत्रको विकासका लागि दिगो रोजगामूलक र उच्च प्रतिफलयुक्त औद्योगिक विकास आजको आवश्यकता हो ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०