नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिकाबारे संक्षेपमा लेख्नुहोस्

दिगो विकासका लागि सहकारी
समुदायको साझा हितका लागि सदस्यहरूको साझा सम्झौताको योग नै सहकारी हो । यो सदस्यको स्वावलम्बन र पारस्परिकताको जगमा अडेको हुन्छ । एक–अर्काबीचको सहकार्यलाई समेत सहकारिता भनेर बुझिन्छ । संसारमै पहिलोपटक सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट सुरु भएको हो । नेपालमा सहकारीको विकास २०१३ सालमा बखान ऋण सहकारी संस्था चितवनमा स्थापना भएपछि सुरु भएको हो । हाल नेपालमा ३४ हजार ५ सय १२ सहकारी संस्था दर्ता भएका छन् । 
आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका
-समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयन गर्न,
-समुदायमा छरिएको बचत संकलन गर्न,
-सदस्यहरूबाट संकलित बचत सदस्यकै हितका लागि परिचालन गर्न, 
-लगानीको वातावरण निर्माण गर्न,
-मुलुकमा लगानी प्रवर्द्धन गर्न,
-नागरिकलाई रोजगारी सिर्जना गर्न,
-समुदायको सशक्तीकरण गर्न,
-सामूहिक भावनाको जागरण गराउन,
-मुलुकको आर्थिक वृद्धि र विकास हासिल गर्न,
-आर्थिक असमानता हटाई सामाजिक न्याय कायम गर्न,
-समुदायको स्रोतमा पहुँच सुनिश्चित गर्न,
-स्वरोजगारको सिर्जना गर्न,
-कृषिमा आधुनिकीकरण व्यावसायीकरण र विविधीकरण गर्न,
-नेतृत्व र सीप विकास गर्न,
-बढ्दै गएको प्रतिभा पलायन रोक्न,
-समुदायको सामूहिक हित विकास गर्न,
-सह–अस्तित्व र सेवा भावको प्रवर्द्धन गर्न,
-आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न ।
निष्कर्षमा, सहकार्यका माध्यमबाट एक–अर्कामा संगठित भई सदस्यको हित प्रवर्द्धन गर्ने कार्यलाई सहकारी भनिन्छ । नेपालको संविधानले मार्गदर्शन गरेको ३ खम्बे नीतिको एक खम्बा सहकारीको प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरण र गरिबी निवारण गर्नु आजको आवश्यकता हो । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०