जवाफदेहिता भन्नाले कुनै पनि संगठनका काम कारवाहीका विषयमा कसैलाई जवाफ दिनुपर्ने बाध्यात्मक अवस्थालाई बुझिन्छ । सार्वभौमसत्ता सम्पन्न जनताले चुनेर पठाएका प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् । दाता राष्ट्र« वा प्राप्त सहयोगका सम्बन्धमा सहयोग पाउने राष्ट्र«ले जवाफ, प्रतिवेदन वा माग बमोजिमको जानकारी पठाउनुपर्ने हुनसक्छ । यस्तो अवस्थालाई जवाफदेहिता भनिन्छ । सार्वजनिक संस्थाहरू जनताको करबाट र जनताकै अधिकारबाट चल्ने हुँदा जनता प्रति जवाफदेहिता हुनुपर्ने अवस्थालाई सार्वजनिक जवाफदेहिता भनिन्छ ।
पारदर्शिता र उत्तरदायित्व वीचको सम्बन्ध
- पारदर्शिताले सार्वजनिक जवाफदेहितालाई मजबुत बनाउँछ । सार्वजनिक जवाफदेहिताको पहिलो चरण नागरिकहरूलाई सूचनामा स्वतन्त्र रूपमा पहुँच पु¥याउनु नै हो ।
- पारदर्शिताले सार्वजनिक साधन स्रोतको प्रयोगको अवस्था देखाउछ जसले गर्दा जिम्मेबारी पदाधिकारीसँग जवाफ माग्ने आधार तयार गर्छ ।
- सार्वजनिक पदाधिकारीहरूले सूचना दिने कार्यवाट स्वभाविक रूपमा जवाफदेहि पनि हुन्छन ।
सार्वजनिक जवाफदेहिताको अवस्था
कानुनी संवैधानिक प्रावधान
- मन्त्रिपरिषदः संसदप्रति उत्तरदायित्व हुने,
- संवैधानिक निकायले संसद समक्ष प्रतिवेदन दिनुपर्ने,
- सरकारका नीति कार्यक्रम र विगतको कार्यक्रमको समीक्षा संसदमा हुने,
- स्थानीय निकायमा स्थानीय परिषद समक्ष जानकारी दिनुपर्ने व्यवस्था,
- नियामक निकाय संचालन सम्बन्धी ऐन कानुनहरू,
- सूचनाको हक सम्बन्धी ऐन,
- सुशासन ऐन, आदिको व्यवस्था छ
- संरचनागत प्रावधान:
- व्यवस्थापिका संसद,जनउत्तरदायी निकाय,सरकारलाई उत्तरदायी बनाउने माध्यम,
- प्रधानमन्त्री कार्यालय,अन्य निकायलाई जवाफदेही बनाउने भूमीका,
- अन्तरगत निकायहरूको लागि माथिल्लो निकायहरूको नियन्त्रण,
- प्रतिवेदन प्रणाली,
- लेखा परीक्षण प्रणालीको
माध्यमबाट सम्बमबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।
- संस्थागत ब्यवस्थाहरूः
- नागरिक समाज, गैर सरकारी संस्था आदिको अनुगमन,
FATF - FATF को निगरानी, UN Agencies को अनुगमन,
WTO - WTO लगायतका निकायसँग समेत जवाफदेही हुनुपर्ने अवस्था आदि ।
No comments:
Post a Comment