कानुनका प्रमुख स्रोत के–के हुन् ? उल्लेख गर्नुहोस्

नागरिक हित रक्षाको औजार : कानुन
देश र जनताको सार्वांगीण हितका लागि राज्यले अवलम्बन र लागू गरेका नियमहरूको संग्रह नै कानुन हो । कानुनका प्राथमिक र द्वितीयक गरी विभिन्न स्रोत छन् । कसैले कानुनका स्रोतलाई औपचारिक र अनौपचारिक गरी दुई भागमा बाँडेरसमेत अध्ययन गरेको पाइन्छ । कानुनको पालना सबैको समान कर्तव्य हो । 
कानुनका प्रमुख स्रोत
-विधायन : जनताबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने कानुन विधायन हो । यो कानुनको प्रमुख स्रोत हो । 
-नजिर : मुलुकको सर्वोच्च अदालतले मुद्दा फैसलाका क्रममा प्रतिपादन गरेको नजिर पनि कानुनको स्रोतका रूपमा 
मानिन्छ । 
-प्रथा र परम्परा : परम्परादेखि समुदायमा चलिआएका प्रथा, परम्परा र संस्कारहरूलाई पनि कानुनका स्रोतका रूपमा लिइन्छ । 
-सम्प्रतिज्ञा : दुई वा सोभन्दा बढी व्यक्तिहरूबीचको व्यवहारलाई नियमित गर्न गरिएको सम्झौतालाई सम्प्रतिज्ञा भनिन्छ । यो पनि कानुनको स्रोतका रूपमा रहेको हुन्छ । 
-व्यावसायिक राय : कानुन व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले दिएको राय पनि कानुनको आधारभूत स्रोत हो । 
विदेशी अदालतका फैसलाहरू : मुलुकबाहिरका अदालतबाट भएका फैसलाहरू पनि कानुनका अनौपचारिक स्रोतका रूपमा लिइन्छ ।
न्यायिक आदेशहरू : अदालतले दिएका आदेशहरू पालना गर्दै कानुन निर्माण गरिन्छ । त्यसैले न्यायिक वा अदालती आदेश पनि कानुनका स्रोत हुन् ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू : विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गरिएका प्रतिबद्धता वा सन्धि सम्झौताहरू पनि कानुनका स्रोत हुन् ।
यसरी, नागरिकको हक अधिकारको सिर्जना र सुरक्षा, दायित्व र त्यसको उल्लंघनमा सजाय एवं त्यसको उपचार प्रक्रिया र मानवीय व्यवहारलाई सुनिश्चित गर्न निर्माण र लागू गरिने कानुन जनमुखी, गतिशील र कार्यान्वयनयोग्य हुनैपर्दछ । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०