सुशासन भनेको के हो ? सुशासनका आयामहरू लेख्नुहोस्

असल शासन र कुशल प्रशासन : सुशासन
राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । यो जनमुखी शासन व्यवस्था हो । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ ।
सुशासनका आयामहरू
-जनसहभागितामूलक शासन व्यवस्था,
-जनउत्तरदायी सरकार सञ्चालन,
-शासन प्रक्रियामा पारदर्शिता अवलम्बन,
-कानुनमा आधारित शासन व्यवस्था,
-जवाफदेही शासन सञ्चालन,
-प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,
-समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड,
-भ्रष्टाचाररहित समाजको परिकल्पना,
-दण्डहीनताको अन्त्य र कानुनको परिपालना,
-नियम कानुनको पूर्ण परिपालना,
-वित्तीय जवाफदेहिता प्रवद्र्धन,
-स्वतन्त्र प्रेसको व्यवस्था ।
यसरी, जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था नै सुशासन हो । यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०